कपिलवस्तु, ५ जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित बढेसंगै गत बैशाख २९ गतेदेखि गरिएको कपिलवस्तु सिल थपिने भएको छ । सरकारले लकडाउनको समयलाई थपेर जेष्ठ २० गतेसम्म लम्बाएको छ । जेष्ठ २० गतेसम्म नै जिल्ला सिललाई निरन्तरता दिने तयारी भैरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले प्रेसपाटीलाई जानकारी दिनुभयो । कोरोनाको जोखिम न्यूनिकरणका लागि गरिएको जिल्ला सिललाई सबै जिल्लावासीले साथ दिन उहाँले आग्रह गर्नुभयो । जिल्ला सिलका विषयमा जिल्ला प्रशासन कार्यालयमा आज बस्ने सुरक्षा समितिको बैठकले निर्णय गर्ने छ । यो सँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जेष्ठ ५ गते मध्यरातसम्म गरेको जिल्ला सिल लम्बिने भएको छ ।
जिल्लामा विहान ७ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य अत्यावश्कीय सामग्रीका पसल खुल्ला गर्ने बाहेक अरु सबै काम जिल्लामा ठप्प रहेको छ । प्रशासनले उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय आदिलाई पूर्ण रुपमा रोक लगाएको छ । जिल्लाका १० स्थानीय तह मध्ये ८ पालिकामा सोमबार विहानसम्म ४३ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।
प्रतिक्रिया