ब्रेकिंग न्युज

श्रीमानको हत्यामा श्रीमतीकै संलग्नता



विराटनगर ५ जेठ। विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निश्कर्ष निकालेको हो । यद्यपि यो विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ ।हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मीनासँगै अर्का युवक ब्रम्हदेव साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साह दुलालले सञ्चालन गर्ने माँ देव पाथीभरा फर्माका पूर्वकर्मचारी हुन् ।

      विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका खनारका ३३ वर्षीय दुलाल अचेत भएको भन्दै शनिबार राति करिब ३ बजे श्रीमतीले गोल्डेन अस्पताल ल्याएकी थिइन् । अस्पतालले राति नै मृत्यु भएको बताएको थियो ।प्रहरी स्रोतका अनुसार साह र आफ्नी श्रीमतीको अबैध सम्बन्धका बारेमा दुलालले केही दिनअघि थाहा पाएका थिए । त्यसपछि उनीहरुबीच विवाद बढेको थियो । श्रीमानसँग विवाद बढेपछि महिलाकै योजनामा घटना भएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले श्रीमतीसहित अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे । पक्राउ परेका व्यक्ति लहान घर भई हाल विराटनगर बस्दै आएका छन् ।

डोरीले घाँटी बाधेर हत्या

           शनिबार राति दुलालको घरमा औषधि व्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । दुई जना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए । साथीहरु निस्किएपछि दुलाल छुट्टै ओछ्यानमा सुतेका थिए । श्रीमती मीना र ८ वर्षका छोरा अर्को ओछ्यानमा सुतेका थिए ।सुतेको बेला दुलालको हत्या भएको प्रहरीको निश्कर्ष छ । प्रहरीले हत्यामा प्रयोग भएको डोरी दुलालको घरनजिकै झाडीमा भेटेको थियो ।उनको घाँटीमा डोरीले बेरेको निलडाम र निधारमा ठूलो चोट छ ।

              निधारको चोट भने प्रतिकार गर्न खोज्दा खाटमा ठोक्किएर लागेको प्रहरीको भनाइ छ ।मीनाले बताएअनुसार राति २ः४१ बजे उठेर हेर्दा दुलाल अचेत अवस्थामा थिए । श्रीमान अचेत भेटिएपछि मीनाले छिमेकी र दुलालका साथीलाई खबर गरेपछि राति करिब ३ बजे एम्बुलेन्समा राखेर गोल्डेन अस्पताल पुर्‍याएका थिए ।दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए । उनले मीना श्रेष्ठसँग प्रेम विवाह गरेका थिए ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६