ब्रेकिंग न्युज

संक्रमित वालिकाकाको क्लोज कन्ट्याक्टमा आएका २९ सहित ११३ जनाको स्वाव संकलन ।



कपिलवस्तु ,५ जेठ ।

कपिलवस्तुको वाणगंगा नगरपालिकाले ११३ जनाको स्वाव संकलन गरेको छ । नगरपालिकाले आईतवार ५५ जना र सोमवार ५८ जनाको स्वाव संकलन गरेको थियो । वाणगंगा ठाकुरापुर की कोरोना संक्रमित वालिकाका क्लोज कन्ट्याक्टमा आएका २९ जनाको समेत स्वाव संकलन भएको छ ।

यस्तै ७ जना पत्रकार, जनप्रतिनिधी सुरक्षा कर्मी र स्वास्थ्य कर्मी गरी ७ जना र ६६ जना क्वारेनटाईनमा रहेकाको स्वाव संकलन गरीएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनु भयो । सिद्धार्थ क्याम्पसमा पिपरा अस्पतालका स्वास्थय कर्मीले स्वाव संकलन गरेका थिए । यसै संकलन गरीएको स्वाव अहिले काठमाण्डौं लैजाने तयारी गरेको नगरपालिकाले जनाएको छ । यता स्वाव संकलनका लागी आएका ठाकुरापुरका एक युवकले मिडियामा आएका अनावश्यक समाचारले अत्याउदा आफुहरु त्रसित भएको वताउनुभएको छ । समाचार प्रकाशन गर्दा त्रास नहुने तर सचेत हुने गरी प्रकाशन गर्न समेत उहाले अनुरोध गर्नुभयो ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६