काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ ।
आइतबारको मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गर्नु भएको थियो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । भारतले २ नोभेम्बर, सन् २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालको भू-भाग समेटिएपछि तत्कालै संसदीय समितिहरूले नेपाल सरकारलाई पनि नयाँ नक्सा सार्वजनिक गर्न दबाब दिएका थिए । भारतले नेपालको कालापानी हुँदै सडक निर्माण गरेर यही मे ८ मा उद्घाटन गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।
प्रतिक्रिया