प्रदेश

कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न मन्त्रीको आग्रह ,पुन परीक्षणको माग



बुटवल ६बैशाख  गुल्मीको मदाने गाउँपालिका फुर्कोटका शिक्षकको पुनः कोरोना परीक्षण गर्न माग भएको प्रति सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पत्ताल स्वास्थ्य अवस्था बुझदै उपचारमा कुनैपनि कमी हुन नहुने वताउनु भएको छ । उहाले जे जस्तो उपचार पद्धतीवाट हुन्छ जीवन रक्षा हुने गरी सिंगो चिकित्सक टीम लागेर उपचार गर्न आग्रह गर्नु भएको छ ।  वैशाख अन्तिम सातादेखि ज्वरो, रुघाखोकी तथा जन्डिस देखिएपछि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत ४१ वर्षीय उनलाइ सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो।

        १०–१५ दिन अघिदेखि ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा परीक्षण गरी टाइफाइडको औषधि खाएका थिए। यद्यपी निको नभएपछि पुनः परीक्षण गर्दा उनमा जन्डिस र मिर्गौला समस्या देखिएको भन्दै बुटवल पठाइएको थियो।जेठ १ गते एक जना आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धिखर्कसम्म आएका उनलाई त्यहाँबाट एम्बुलेन्स मार्फत क्रिमसन अस्पताल ल्याइएको थियो।जेठ १ गते रातिदेखि नै अस्पतालको आइसियुमा राखी उपचार गराइरहेका उनको कोरोना आशंकामा २ गते परीक्षणको लागि स्वाव संकलन गरिएको थियो।अस्पतालमा उपचाररत दुई जनाको स्वाव संकलन गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनको भने पोजेटिभ आएको थियो। तर परिवारका सदस्य र गाउँलेहरु समेत उनमा कोरोना भएको हुन नसक्ने भन्दै पुनः परिक्षण गर्न माग गरेपछि अहिले स्वाव संकलन गर्न लागिएको हो।

        जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले आफन्तको माग बमोजिम पुनः परीक्षणको लागि उनको स्वाव संकलन गर्न लागिएको जानकारी दिए।‘आफन्तबाट पुनः कोरोना परीक्षण गर्न आग्रह गरिएपछि अहिले साथीहरु स्वाब संकलनको लागि अस्पताल जानुभएको छ’ उनले भने। घरबाट कतै नगएको व्यक्तिलाई कसरी कोरोना लाग्यो आश्चर्यमा परेकाले पुनः परीक्षण गर्न आग्रह गरिएको मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए।

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६