कपिलवस्तु ६ जेठ । कपिलवस्तुमा कृषिकार्य र अत्याबश्यक उत्पादन मुखी उद्योगका कामहरु सामाजिक दुरी कायम गरेर जारी राख्ने निर्णय गरिएको छ । यसैगरी बन्द रहेका उद्योगहरु मजदुरको आवत जावत नहुने गरी संचालन गर्ने र वित्तिय सस्थाहरु समय तेकेर खोल्ने ब्यबस्था मिलाउन प्रदेश ५ का सांसदहरुले निर्णय गरेका छन् । सांसदले गरेका निर्णयको कार्यान्वय हुने ब्यवस्था मिलाउन सरकारको ध्यानाकृष्ट गराएका छन् ।
उनीहरुले आवश्यक निर्णय गर्दै प्रदेश ५का मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेका छन् भने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई भेटेरै जानकारी दिएका छन् । सांसदहरुले गरेको निर्णय अनुसारको वाताबरण तत्काल मिलाउन प्रजिअलाई आग्रह गरेका छन् । यस्तै पहिलो चरणमा राजमार्गमा जोडिएका नगरपालिकाहरुमा विकास निर्माणका काम क्रमश सुचारु गर्ने विषयमा उनीहरुले निर्णय गरेका छन् । नदीवाट ढुवानी गर्ने काम भने कडा रुपमा रोक लगाउने सांसदहरुले निर्णय गरेका छन् । पालिकाहरुले निश्चित विकासका योजनाहरु छानेर भीडभाड नहुने गरी विकासका काम गर्ने वाताबरण मिलाउन आग्रह समेत गरेको प्रदेश ५का सांसद बिष्णु पन्थीले बताउनु भयो ।
यता कपिलवस्तुका जन निर्वाचित ६ जना र समानुपातिक ६ जना सांसद गरी १२ मध्ये ८ जना सांसदको उपस्थितीमा आज सम्पन्न बैठकले गरेका निर्णय कार्यान्वयनमा आएमा विकास निर्माणका केहि कामहरु सूचारु हुन सक्छन् प्रदेश सांसद दिर्घ नारायण पाण्डेले वताउनु भयो । यस्तै कपिलवस्तुको चिन्ता एकजना सिडियोको मात्र होइन हामी जनप्रतिनिधीको पनि हो भन्दै जिल्ला सील भएको प्रति असहमति छैन तर विस्तारै कोरोना विरुद्ध लड्ने र गर्न मिल्ने काम विस्तारै गर्दै जाऔं भन्ने हाम्रो आग्रह होे प्रदेश सांसद अर्जुन केसीले वताउनु भयो ।
यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले प्रदेश सांसदहरुले केहि खुकुलो वाताबरणको कुरा गर्नु भएको छ तर अहिले त्यस्तो परिस्थती तयार भएको छैन भनेर जानकारी दिएको छु भन्दै उहाहरुको चासोलाई बाताबरण अनुकुल हुदा सोच्न सकिन्छ प्रजिअले प्रेसपाटीसंग भन्नु भयो । जनप्रतिनिधीहरुले गरेका कुरा सहि हुनसक्छन् तर जिल्ला सील भएको अवस्थामा कार्यान्वयनमा लैजाने गरी प्रशासनले निर्णय गरेको छैन उहाले भन्नु भयो । क्वारेण्टा्रइनमा रहेकाहरुको टेष्ट पछि नतिजा भयाभह हुने आएन भने उहाहरुले भने जस्तै गर्न सकिएला भन्दै अहिले नै कुनै निर्णय भएको भन्न नमिल्ने उहाले प्रष्टयाउनु भयो । सांसदहरु जिल्ला समन्वय समितिको कोरोना रोकथामको समिक्षा कार्यक्रममा सहभागि भएका बखत उक्त निर्णय गरेक हुन् ।
प्रतिक्रिया