लुम्बिनी

अर्घाखाँचीका सीमा नाका बन्द, बाहिरबाट आएका १५० क्वारेन्टाइनमा



अर्घाखाँची, ६ जेठ । छिमेकी जिल्लामा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि  अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै नाका बन्द गरिएको छ ।  जिल्ला सुरक्षा समितिको बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाका अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । कपिलवस्तुसँगको पत्थरकोट, पाल्पाको तीनगीरे, गुल्मीका नेटा र सौतामारे, प्युठानको ढाकावाङलगायत क्षेत्र बन्द भएका छन् । 

  बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था बन्द गर्ने निर्णय  गरेको छ ।  त्यस्तै तरकारी, दूध, किराना र मासु पसल बिहान ७ देखि १० बजेसम्म खोलिने छ । अहिलेसम्म  जिल्लामा कोरोना सङ्क्रमित फेला नपरे पनि भारतलगायत  मुलुकबाट आएर क्वारेन्टिनमा बस्ने १५० हाराहारीमा भएको बताइएको छ । (रासस)

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६