कपिलवस्तु ७ जेठ। बुधबार कपिलवस्तुमा थप भएका १३ जनामा कोरोना संक्रमित मध्ये महाराजगंजका १० जना एकै टोलका परिवारका रहेको खुलेको छ । त्यहाका पाच परिवारमा कोरोना संक्रमण भएको छ । एकै घरमा ३ जना मध्ये आमा र २ छोरी र अर्का घरमा आमा छोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु सवै मुम्वईबाट नेपाल आएका हुन । उनीहरु कतै पैदल कतै ट्रकवाट यात्रा गरेका शिववा स्वास्थ्य चौकीका स्वास्थ ईन्चार्ज वेगपाल चौधरीले वताउनु भयो । उहाहरुलाई अहिले अलग राखिएको छ ।
उनीहरु मध्ये २ बालक ,२ बालिका ,४ महिला ,२ पुरुष रहेका छन् । यता विजयनगरका ३ पुरुष मध्ये २ पुरुष एकै घरका दुईभाई हुन् । उनीहरु होम क्वारेन्टाईनबाटै स्वाव संकलनका गर्न गएको स्थानियको भनाई छ । यता महाराजगंजका मेयर अव्दुल कलामले भने उनीहरु नगरको स्थानिय क्वारेन्टाईनमा रहेको र क्वारेन्टाईनबाटै स्वाव संकलन गरेको दावि गर्नुभएको छ । अहिले संक्रमित १० जना क्वारेन्टाईनमा रहेको मेयर कलामले फोन सम्र्पकमा बताउनुभयो ।
प्रतिक्रिया