अर्थ-वाणिज्य

समाचार प्रभाव : प्रशासनको ध्यानाकर्षण , कुन बैंक कहिले खुल्ने सुचना प्रकाशन



कपिलवस्तु ७ जेठ । सिडिओ साव ,यस्तै हो जिल्ला सील शिर्षकामा प्रेसपाटी अनलाइनले लेखेको समाचार र प्रकाशन गरेको तस्विर  प्रति कपिलवस्तु प्रशासनले गंभिर ध्यानाकर्षण गरेकोछ। फलस्वरुव बैक लगायतका वित्तिय सस्थाको संचालनमा नयाँ नियम लागु गरेको छ। जस अनुसार कुन वार कुन बैक खोल्ने उल्लेख गरेर सूचना जारी गरेको छ । यता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित बढेसंगै गत बैशाख २९ गतेदेखि गरिएको कपिलवस्तु सिल प्रशासनले थपेर जेठ २० गतेसम्म बनाएको छ । तर कपिलस्तुको दृश्य हेर्दा लाग्छ जिल्ला सिल नै छैन र जिल्लामा सिलको कुनै प्रभाव नै छैन । जिल्लावासीले सिडियो साव  यस्तै हो जिल्ला सिल भनेर प्रश्न गर्न थालेका छन् ।  कपिलवस्तु जिल्लामा ६० जना कोरोना भाइरसका संक्रमित फेला परेसँगै जिल्लालाई कोरोना भाइरस उच्च संक्रमणको सूचीमा राखिएको छ । 


        बुधबार सदरमुकाम तौलिहवाका वित्तीय संस्थाहरुमा नगद निकाल्नका लागि वा जम्मा गर्नका लागि देखिएको दृश्यका सम्बन्धमा प्रेसपार्टीसँग प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भन्नुभएको थियो– सामाजिक दुरी कायम गराउने जिम्मा सम्बन्धित वित्तिय संस्थाको हो ।  यसको संक्रमण सबैलाई हुने सम्भावना रहने हुँदा सबै सचेत हुन आवश्यक रहेकोे बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले जिउ रहे उद्योग खोल्ने व्यवसाय गर्ने हो जिउ नै नरहे किन चाहियो उद्योग, किन चाहियो विकास ?  त्यसैले जो जुन ठाउँमा छौ त्यही ठाउँबाट सबैले सहयोग गर्न र सम्झाउन उहाँले विशेष आग्रह गर्नुभएको थियो । तर समाचार यति धेरै शेयर भयो यति कमेण्ट भयो की जसका कारण प्रशासनले नियम नै बनाएर बैक खोल्ने तालिक सार्वजनिक गर्न वाध्य भयो । तालिकामा हेर्नुहोस कुन बैक कहिले खुल्छ । 

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६