परासी, ८ जेठ । पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बल नेपाल भुजहवाको टोलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ पर्नेमा रामग्राम नगरपालिका–९ का २७ वर्षीय जोगेन्द्र हरिजन छन् । उनलाई सरावल र प्रतापपुर गाउँपालिकाको सीमामा पर्ने खजुराखोला नजिकबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ नं. हेडक्वाटरका उपरीक्षक भरत खनियाँले बताउनु भयो । हिड्दै गरेको अवस्थामा झोलाबाट उक्त लागूऔषध बरामद भएको हो । बरामद भएका लागूऔषमा विभिन्न नाम गरेका १५ सय पिस इन्जेक्सन, १८ सय पीस ट्याब्लेट र क्यापुसल र ७ वटा बोत्तल छन् ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइने सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताउनु भयो । लकडाउनको समयमा सीमा क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपनि उनी कसरी भारत पुगेर लागूऔषध ल्याए भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया