ब्रेकिंग न्युज

भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै १३२५ नेपाली भित्रिए



बाँके ८ जेष्ठ ।  बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् ।भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।उनका अनुसार बुधबार भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३२५ जना छन् ।

                सबैभन्दा धैरै दैलेखका ५०१ जना छन् ।जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई बसमार्फत् नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए।उद्धार गरिएका व्यक्तिलाई लिन सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र यहाँबाट गएर सबैलाई आआफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको उनले बताए।यसअघि यही जेठ २ गते एकैदिन भारतका विभिन्न क्वारेन्टिन तथा सीमाक्षेत्रमा बसेका ६८७ नेपालीलाई उद्धार गरी गृहजिल्ला पठाइएको थियो । बाँकेमा पछिल्लोपटक भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६