ब्रेकिंग न्युज

विरोधपछि राप्ती प्रतिष्ठानमा सेवा पुनःसञ्चालन



दाङ ८ जेष्ठ ।  दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि पुनः सम्पूर्ण स्वास्थ्य सेवा पुनः शुरु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा बुधबारदेखि सेवा बन्दको विज्ञप्ति निकालेर सेवा बन्द गरेको प्रतिष्ठानले सबैतिरबाट विरोध आएपछि सेवा पुनःसञ्चालन गरेको हो । प्रतिष्ठानले कोरोनाका बिरामी नआउँदासम्मका लागि सेवा शुरु गरिएको विज्ञप्तिमा जनाएको छ । 

               प्रतिष्ठानले सेवा बन्द गरेको घोषणालगत्तै यहाँका राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी र जनप्रतिनिधिले चर्को विरोध गरेका थिए ।  कोरोनाको मात्र उपचार शुरु गरिने भन्दै प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले सेवा बन्दको घोषणा गर्नुभएको थियो । प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको अन्तरंग र बहिरंग दुवै सेवा बुधबार पूर्ण रुपमा बन्द भएका थिए । प्रतिष्ठानमा कोरोना प्रयोगशाला र आइसोलेशन वार्ड सञ्चालनमा छन् । हाल प्रतिष्ठानमा करीब ३०  विशेषज्ञ चिकित्सक र एक सय स्वास्थ्यकर्मी कार्यरत छन् जहाँ दैनिक करीब चार सय  बिरामी नियमित स्वास्थ्य सेवा लिन आउने गरेका छन् । 

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६