ब्रेकिंग न्युज

बिहीबार ९ जना कोरोनाभाइरसका संक्रमित थपिए



काठमाडौँ ८ जेष्ठ । नेपालमा बिहीबार ९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार ९ कोरोना संक्रमित थपिएका हुन्। उनीहरूमध्ये रुपन्देही १  र झापामा ८ जना पुरूष छन्। उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३  पुगेको छ। बिहीबार नै काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन्। अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन्। 

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६