लुम्बिनी

मृतकका गाउँले पिसिआर रिपोर्ट पर्खँदै



गुल्मी, ८ जेठ । गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन् ।  मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पिसिआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ । 

        स्थानीय शिक्षक  उनलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ । मृतकको स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको र  दोस्रो पटक स्वाब लिइएको स्थानीयवासीको आरोप छ । गाउँमा शंकास्पद मुलकबाट २१ दिनयता कोही नआएको र आएका अन्य वडाका मानिस क्वारेन्टाइनमा बसेकाले कोरोना संक्रमणबारे अन्योल भएको स्थानीयवासी भरत चन्दले बताउनुभयो । स्थानीयवासी प्रेम केसीका अनुसार गाउँलेहरु मृतकको दोस्रो पटकको स्वाब र  उनीसँ प्रत्यक्ष सम्पर्कमा जोडिएका ३० जनाको स्वाब रिपोर्ट पर्खेर बसेका छन् । कोरोना संक्रमण पुष्टि हुँदाको दिन स्थानीयवासी धेरै त्रसित भए पनि अहिले त्रास हराउँदै गएको चन्दले बताउनुभयो । 

        यसैबीच, स्वास्थ्य कार्यालयका अनुसार गाउँका ३० जनाको पिसिआर रिपोर्ट आज साँझसम्म आउँदैछ । स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिको मोबाइलमा समेत रिपोर्टको म्यासेज आउनेछ । उक्त रिपोर्टका आधारमा गाउँपालिकाले परीक्षणको दायरा बढाउने प्रमुख प्रशासकीय अधिृकत सुरेश भण्डारीले बताउनुभयो । “कहाँ र कोबाट कोरोना संक्रमण भयो भन्नेबारे नै अन्योलमा छौँ”, उहाँले  भन्नुभयो, “स्थानीयको पनि रिपोर्ट पोजेटिभ आएमा परीक्षणको दायरा बढाउने तयारीमा छौँ ।” 

        त्यसका लागि आवश्यक किटको व्यवस्था गर्ने आश्वासन प्रदेश र संघीय सरकारबाट आएकाले किटको अभाव नहुने उहाँले बताउनुभयो । अहिले गाउँपालिकालाई पूर्ण रुपमा बन्द गरिएको छ । मानिसलाई घरबाहिर निस्कन तथा हिँडडुल गर्नलाई आजदेखि पूर्णरुपमा प्रतिबन्ध लगाइएको उहाँले जानकारी दिनुभयो । (रासस)

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६