लुम्बिनी

स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ, जिल्लामा त्रास हट्यो



अर्घाखाँची, ८ जेठ । कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब जाँचको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएपछि जिल्लावासीमा त्रास हटेको छ । 

        गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकामा आज  रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताउनुभयो । कोरोना संक्रमित शिक्षकको भने आज विहान निधन भएको छ । 

        ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि पोलिक्लिनिकमा आएका संक्रमित पुरुष  यहाँ उपचार सम्भव नभएपछि यही जेठ १ देखि  रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना भएकामा थिए ।  

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६