बुटवल, ९ जेठ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शब चौबीस घण्टा हुँदासम्म पनि उठ्न सकेको छैन । जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचारर गराइरहेका ४१ वर्षका विरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो । आईसीयू कक्षको ढोका र झ्याल पूर्णरुपमा बन्द हुनुपर्नेमा बुधबार बिहान आफूहरु हेर्न जाँदा झ्यालको शिशा खुल्लै रहेको, सोफा बांगो बनाएर राखिएको पारिवारिक सदस्यहरु बताउँछन् ।
मृतकका भाइले जेठ ५ गते कोरोना देखिएपछि विरामीले उपचार नै नपाएको दावी गर्दै छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शब नबुझ्ने अडान लिएका छन् । कोरोनाको रिपोर्ट आएपछि दाइलाई डाक्टरले हेर्दै हेरेनन्’ मृतकका भाइले दाबी गरेका छन् अस्पतालले राम्रोसंग उपचार भएको भए दाइको ज्यान जाने थिएन,चरम लापरवाही भएको उनको आरोप छ ।
बिरामीको ढाडबाट पानी निकाल्नुको प्रयोजन के का लागि हो आफूहरुलाई कुनै जानकारी अस्पतालले नदिएको भन्दै उनले ढाडबाट पानी निकालेपछि नै दाइ बेहोस भएको बताए । ढाडबाट पानी ननिकाल्दासम्म दाइको अवस्था राम्रै रहेको,पाउरोटी र दुध आफै खाएको उनले बताए । ‘कोरोना देखिएपछि विरामीले उपचारै नपाउने चरम लापरवाहीको अवस्था देखियो’–मृतकका भाइले भने, ‘यसको छानवीन हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ ।’कोरोना पोजेटिभ देखिएपछि आफूहरुलाई तीन दिनसम्म आइसीयूको नजिक जान नदिइएको र विरामीको अवस्थाको बारेमा कुनै जानकारी नदिइएको उनले दाबी गरे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बिहीबार नै शव उठाएर दाह संस्कार गर्ने भनिए पनि घाटको समस्या भएकाले ढिलाई भएको प्रतिक्रिया दिनभयो । उहाँले मृतकका मागका बारेमा आफूलाई जानकारी नभएको बताउनभुये । क्रिमसन अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले विरामीको उपचारमा कुनै बेवास्ता र लापरवाही नभएको दावी गर्नुभयो ।
प्रतिक्रिया