कपिलबस्तु ९ जेठ । कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ । दुईजना मध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ११ का २४ वर्षका पुरुष हुन् । दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले बताउनुभयो। यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।
९ जेष्ठ २०७७, शुक्रबार
प्रतिक्रिया