प्रदेश

बुद्ध आवाज संचार गृह नै क्वारेण्टाइन



कपिलवस्तु ९ जेठ  प्रदेश ५ कै प्रतिष्ठीत संचार गृह बुद्ध आवाज संचार गृहलाई क्वारेण्टाइन बनाइएकोछ । टेलिभिजनमा कार्यरत एक पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि उनको नजिकमा रहेर समाचार शाखा र प्रविधिक शाखामा काम गर्ने पत्रकारहरुका लागि संचार गृहको सभाहलमा क्वारेण्टाइन वनाइएको ब्यवस्थापक भेषराज पााण्डेले बताउनु भयो । सिंगो मुलुकले महामारीको पीडा खेपि रहेका बखत संचारकर्मीमा पनि संक्रमण देखिएको भन्दै जनतालाई सूसूचित गर्ने काममा खटिएका एक पत्रकार पनि संक्रमित भएको यस बेलामा बुद्ध आवाज संचारगृहले आफ्नै गृहलाई क्वारेण्टइन वनाएर भएपनि जनतालाई सूसूचित गर्ने काम नरोक्ने ब्यवस्थापक पाण्डेले प्रतिबद्धता जनाउनु भएको छ । 
                    उहाले बुद्ध आवाजका संचार कर्मी संक्रमित भएको जानकारी पाएपछि संक्रमितको अवस्था र संचार गृहको बस्तुस्थिती बुझन देश विदेशवाट विभिन्न महानुभावले निरन्तर संपर्क गरेर प्रकट गर्नु भएको सहानुभूति प्रति धन्यवाद ज्ञापन गर्दछु ब्यवस्थापक पाण्डेद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । स्थानीय सरकारले आम नागरिकको स्वस्थ्य अवस्था प्रति विशेष ध्यान दिनु जरुरी रहेको उल्लेख गर्दै  बाणगंगा नगरको ब्यवस्थापनमा चाप नपरोस भनेर  संचार गृहले आफ्ना कर्मचारीलाई  आफ्नै गृहमा क्वरेण्टाइन बनाएको पाण्डेले वताउनु भयो । 
                नगरको स्वास्थ्य शाखाले बेलाबखत संचार गृहमा उपस्थित भएर संचारकर्मीको स्वास्थ्य अवस्थावारे बुझ्ने काम होस भन्ने पाण्डेद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । संचार गृृहको क्वारेण्टाइनमा समाचार शाखमा काम गर्ने ५ जना र प्राविधीक ३ जना सहित ८ जना रहेको वताइएको छ । कोरोना पोजेटिभ देखिएका संचारकर्मी बुद्ध आवाजमै अलग्गै कोठामा रहेको र अहिले सम्म कहाँ कसरी उपचारका लागि पठाउने भन्ने टुंगो लागेको छैन । 

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६