रूपन्देही, १० जेठ । रुपन्देहीको गैडहवा गाँउपालिकामा शुक्रबार हिजो संक्रमण पुष्टि भएका सात जना पनि भारतबाटै आएको सार्वजनिक भएको छ ।
भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका उनीहरू सबै भारतको मुम्बइ र दिल्लीबाट आएको र उनीहरुले त्यहाँ मजदुरी गर्ने गरेको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिनुभयो । १० जनामा यस अघि नै उक्त गाउँपालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया