कपिलवस्तु, १० जेठ । बाणगंगाका नगरपालिकाका एक वडाध्यक्ष र एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज विहानको तथ्याङ्क अनुसार वडाध्यक्ष र पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यो सँगै बाणगंगामा दुई जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थप ८ जना संक्रमित थपिएसँगै बाणगंगामा १४ जना कोरोना संक्रमित भएका छन् । । वुद्धभुमी नगरपालिका वडा नं. ४ मा २ जनालाई कोरोना देखिएको हो । उनीहरु भारतवाट फर्किएका थिए ।
प्रतिक्रिया