कावासोती, १० जेठ । नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बुलिङटार गाउँपालिकाले व्यावसायिक पशुपालनका लागि कृषकलाई सहयोग गरेको छ । गाउँपालिकाले कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो ।
गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । पशुपालन र कृषिको सम्भावना बोकेको क्षेत्र भएकाले कृषकलाई यसतर्फ आकर्षित गर्न पाडी सहयोग गरिएको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताउनुभयो ।
गाउँपालिकाले २० पशुपालक कृषकलाई पाडी सहयोग गर्न लागेको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा पाडी सहयोग गर्ने योजनाका लागि रु २० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया