बुटवल, १० जेठ । शनिबार बुटवलको कोरोना विशेष अस्पतालबाट एकैसाथ कपिलवस्तुका १० जना संक्रमित निको भएर घर फर्किएका छन् । यस अघि बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जनाले कोरोनो जितेका थिए । योसँगै प्रदेश पाँचमा निको हुनेको संख्या पनि बढदै गएको छ ।
कोरोनो जित्नेमा भारतबाट लुुकिछिपी आएकामा संक्रमण बढी देखिएको बताइन्छ । दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले बताउनुभयो । निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जिन्त सकिन्छ’ भन्ने सन्देश दिएको थापा बताउनुहुन्छ ।
प्रतिक्रिया