लुम्बिनी

जुरमुरायो बाणगंगा, निर्माण गति तिव्र आइसोलेसन वार्ड बन्ने



बरवा, ११ जेठ । बाणगंगा नगरपालिका कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि आइसोलेसन वार्ड निर्माणमा जुटेको छ । बाणगंगा नगरमै कोरोना भाइरस संक्रमित १ दर्जन नाघेसँगै नगरपालिकाको ध्यान आइसोलेसन निर्माणमा केन्द्रित हुँदै जुरमुराएको हो ।  शुक्रबार विहान बाणगंगा–४, ठाकुरापुरकी ८ वर्षीय बालिकासँगै क्वारेन्टाइनमा रहेका ३ जना र वडा अध्यक्ष लगायत पछि थपिएकाहरुलाई आइसोलेसनमा राख्नका लागि नगरपालिका जुरमुराएर लागेको छ । बाणगंगामा १४ जना संक्रमित भएसँगै बाणगंगा नगरले कोरोना महामारी नियन्त्रणका लागि आवश्यका नीति तय गरेको छ ।

            कार्यपालिकाको बैठकले आज आइतबार दिनभरीमा कोपवा स्वास्थ्य चौकीलाई १५ वेडको आइसोलेसन निर्माण गर्ने र संक्रमितहरुलाई उक्त आइसोलेसनमा राखिने नगर उपप्रमुख चक्र्र अर्यालले जानकारी दिनुभयो । अर्यालले आजै व्यापक रुपमा लागेर कोपवामा आइसोलेसन निर्माण गरिने बताउनुभयो । 

            बाणगंगा नगरले सबै वडामा क्वारेन्टाइन निर्माण गरी क्वारेन्टाइनको जिम्मा वडालाई दिने र सिद्धार्थ क्याम्पसमा रहेको क्वारेन्टाइनलाई पनि आइसोलेसन वार्ड बनाउने रणीनिती लिएको नगर प्रमुख मंगल प्रसाद थारुले जानकारी दिनुभयो । थारुले नगरपालिकाले तत्कालका लागि करिब ५० बेडको आइसोलेसन वार्ड निर्माण गर्न लागि परेको बताउनुभयो । 

            बाणगंगा नगरकै एक जना वडा अध्यक्षमा समेत कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ  । संक्रमित वडा अध्यक्ष, बालिका र क्वारेन्टाइनमा रहेका अन्यलाई कोपवा स्थित स्वास्थ्य चौकीमा आज साँझसम्म व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । बाणगंगा–११ का एक जना सञ्चारकर्मीलाई तौलिहवा र अर्की महिला संचारकर्मीलाई शनिबार राती १०ः३० बजे बुटवल धागो कारखाना स्थित कोरोना अस्पतालमा लगिएको छ । यस अघि बाणगंगा नगरले पटना स्वास्थ्य चौकीमा आइसोलेनस वार्ड बनाउने बताए पनि स्थानीयको विरोध गरेपछि त्यो सम्भव भएन ।

            छैन आइसोलेसन, कोरोना संक्रमित अझै अलपत्र कहाँ चुक्यो बाणगंगा लगायतका आइसोलेसन वार्ड सम्बन्धित समाचारहरु प्रेसपाटीले प्रकाशन गर्दै आएको छ ।  बाणगंगा नगरले नगरवासीको स्वास्थ्यमा गम्भीर र सचेत रहँदै नगरले जतिसक्दो चाडो कोरोना भाइरसको उपचारको लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको जतिसक्दो चाडो आइसोलेसन वार्ड बनाएर जनताको स्वास्थ्यमा सजग रहनु जनप्रतिनिधि र कर्मचारीको साझा दायित्व हो ।

के हो ’आइसोलेसन वार्ड’ ? कस्तो हुनुपर्छ ?

        अरू बिरामीसँग नजिक राख्दा वा स्वस्थ व्यक्तिको सम्पर्कमा रहँदा भाइरस झन् फैलिन सक्ने भएकाले अलग–थलग उपचार गर्नुपर्ने ठाउँ हुनुपर्छ ।  कुनै रोग बिरामीलाई छोएर, नजिक बसेर वा एउटै कोठामा बस्दा पनि सर्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा बिरामीलाई निश्चित मापदण्ड पुगेको छुट्टै कोठामा राखेर उपचार गर्नुपर्छ । यही विधिलाई आइसोलेसन भनिन्छ ।

        यस्तो वार्डमा तालिमप्राप्त स्वस्थ्यकर्मी र बिरामीबाहेक अरूलाई प्रवेश निषेध हुन्छ । वार्डभित्रको वातावरण विशेष किसिमको पूर्वाधारबाट तयार पारिन्छ । यो खासगरी सरुवा रोगका लागि प्रयोगमा ल्याइने युनिट हो, अन्तराष्ट्रिय अभ्यासमा ‘बाहिरी मुलुकमा उक्त वार्डमा प्रयोग गरिएका मेडिकल सामग्री दोहोर्याएर प्रयोग गरिँदैन ।’  एउटै रोग लागेका बिरामी उस्तै चरणमा छन् भने एउटै आइसोलेसन वार्डमा राखेर उपचार गर्न सकिन्छ । किनकि, भर्खरै रोग निको भइरहेको व्यक्तिलाई तत्काल संक्रमणको सम्भावना कम हुन्छ । नेपालजस्तो देशले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार तयार पार्न छैन । दिसा, पिसाब, थुक, खकारबाट सर्ने रोगका लागि फरक मापदण्डका पृथक वार्ड हुनुपर्छ । स्वासप्रश्वासबाट सर्ने रोगका लागि फरक तरिकाले तयार पारिन्छ । 

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६