कपिलवस्तु ११ जेठ । कपिलवस्तुमा २९ एम्वुलेन्स छन् । यता कपिलवस्तुको बाणगंगा नगरमा ६ वटा एम्वुलेन्स रहेका छन् ।ती सबैलाई प्रदेश सांसद विष्णु पन्थी र स्वयम बाणगंगा नगरपालिकाले पिपिई सेट उपलब्ध गराएको छ । २ वटा एम्वुलेन्सलाई कोरोना पोजेटिभ बोक्न भनेरै नगरपालिकाले आफ्नै खर्चमा क्याविन राखिदिएको छ । तर जवजव कोरोना पोजेटिभ केस फेला पर्छन उनीहरुलाई आइशोलेसन पुराउनु पर्ने हुन्छ तव एम्वुलेन्सले वहानावाजी गर्छन । कसैले घरमा श्रीमति विरामी भन्छन् कसैले भैरहवा पुगेको वताउछन् । कसैले काठमाण्डौ जादैछु भन्छन्
आखिर विरामीले एम्वुलेन्स पाउदैनन् । शनिवार दिउसो ३वजे देखि राती ८ वजे सम्म खोज्दा खोज्दा कुनै एम्वुलेन्स उपलब्ध नभएपछि बाणगंगाका कोरोना पोजेटिभ जनप्रतिनिधी आफ्नै मोटर साईकलवाट बुटवल स्थित कोरोना अस्पत्ताल पुग्नु भयो । उहाले प्रेसपाटीसंग भन्नु भयो सधैभरी जनताको सेवामा खटियो । त्यही गर्दागर्दै पोजेटिभ भइयो । आफूलाई समस्या पर्दा कोही भएन साथ दिने राती स्कूटर चलाएरै अस्पत्ताल आउनु परयो । यता कपिलवस्तुकै अर्का कोरोना पोजेटिभ पत्रकारको पनि हालत उस्तै ,एम्बुलेन्स पाउन सकेनन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलसंग कोरोना पोजेटिभ पत्रकारलाई बुटवल पठाउन एम्वुलेन्स नपाएको पीडा पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले सुनाउनु भयो । प्रमुख जिल्ला अधिकारीले प्रहरी मार्फत एम्वुलेन्स खोज्दा खोज्दै रातीको १० वज्यो । तर एम्बुलेन्स उपलब्ध भएन । अन्तत्वगोत्वा प्रजिअ पौडेलले प्रहरीकै गाडीमा पत्रकारलाई बुटवल पठाउनु परेको महासंघ उपाध्यक्ष पाण्डेले फेसबुकमा लेखेको स्टाटसले देखाउछ ।
यस्तो अवस्थाले जिल्ला कसरी चल्ने हो ? अन्योलता देखिएको छ । आफू सुरक्षित हुनु एम्वुलेन्स चालकको अधिकार नै हो । तर पिपिई लगाएर क्याविन सहितका एम्वुलेन्समा पछाडी विरामी राखेर आफू सुरक्षित भएर पनि सेवा दिन नचाहाने एम्बुलेन्स चालकहरु किन चाहिए भन्ने गंभिर प्रश्न खडा गरेकोछ । कपिलवस्तुका २९ एम्वुलेन्स संग केहि दिन अघि प्रमुख जिल्ला अधिकारीले राखेको समन्वय बैठकमा सेवा प्रदान गर्ने तर आफूहरुको सुरक्षा हुनुपर्ने माग चालकहरुले राखेका थिए । सोही माग अनुसार पिपिई मास्क सेनेटाइजर उपलब्ध भएको छ । केहि एम्वुलेन्समा क्याविन वनाएर चालकलाई सुरक्षित गरिएको छ ।
तर विरामी आउदा उनीहरु मोटरसाइकल चलाएर रातीमा एक्लै जोखिमपूर्ण दौड गर्नु पर्ने ,प्रहरीले आफ्नै गाडीमा जोखिम मोलेर बोक्नु पर्ने ,सुरक्षित एम्वुलेन्स चालकहरु मस्तले बस्न पाउनु पर्ने यो कस्तो शुसासन हो ? कस्तो सदाचार हो ? यस्तो भएर ब्यवस्था कसरी चल्छ ? मान्छेहरु कसरी उपचार पाउन सक्छन् ? समयमै सोच्नु पर्ने भएको छ ।
प्रतिक्रिया