काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट चलन चल्तीमा रोक लगाएको छ । राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आज एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोटचलन चल्तीमा रोक लगाएको हो ।
पूर्वराजाको तस्विर अंकित भएको नोटलाई पुन निस्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई प्रयोगमा नल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ । नोटहरुलाई जीवाणुरहित बनाएर मात्रै प्रचलनमा ल्याउन समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
केन्द्रीय बैकले पुराना, झुत्रा नोटहरु समेत प्रयोगमा नल्याउन निर्देशन दिएको छ । बैक तथा वित्तीय संस्थाहरुलाई पुरानो नोटहरु नोट कोष वा राष्ट्र बैकमा बुझाउन राष्ट्र बैंकले निर्देश्न दिएको छ । भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित बनाउनुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया