एजेन्सी, १२ जेठ । भारतमा कोरोना भाइरस संक्रमित संख्याको हिसाबले विश्वमा १० औं स्थानमा रहेको छ । १ लाख ३८ हजार बढी संक्रमित नाघेसँगै भारत संक्रमित मानिसहरुको हिसाबले विश्वको १० औं स्थानमा पुगेको छ । एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । यो सँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।
सोमबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ । २४ घण्टामा त्यहाँ थप १५६ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ । भारतले लकडाउन केही खुकुलो पारेको र प्रभासी मजदुरका लागि रेल र बस सेवा संचालनम ल्याएपछि त्यहाँ संक्रमणमा बृद्धि भएको बताइन्छ ।
प्रतिक्रिया