एजेन्सी, १२ जेठ । कोरोना भाइरस कहरको महामारीबाट विश्वभर ५४ लाख ९७ हजार ४२७ मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९८ हजार ५ सय बढी नयाँ संक्रमित थपिएसँगै । यो सँगै संक्रमितको संख्या ५४ लाख ९७ हजार ४२७ पुगेको छ ।
विश्वभर भाइरसबाट संक्रमितमध्ये २३ लाख १ हजार ९०५ जना उपचारपछि निको भएका छन् । त्यस्तै मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ६६८ पुगेको छ ।२८ लाख ४८ हजार८५४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार २२२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
सोमबार बिहान सम्म युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ८ सय बढीको मृत्यु भएको छ ।यस्तै एसियाली मुलुकहरुमा २७ हजार ४ सय बढीको मृत्यु भएको छ । ९ लाख ६० हजार ४ सय बढी संक्रमित भएकोमा ५ लाख ५९ हजार ५ सय भन्दा धेरै जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको महामारीले चपेटामा सबैभन्दा बढी अमेरिका परेको छ । अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भएको छ । संक्रमित १६ लाख ८६ हजार ४३६ जनामध्ये ४ लाख ५१ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा करिब ४ करोड मानिसहरुले बेरोजगार भत्ता माग गरेका छन् ।
प्रतिक्रिया