कपिलवस्तु १२ जेठ ।कपिलवस्तुमा जारी जिल्ला सीलका बीच अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला कपिलवस्तुले साविकको जहदी गा.वि.स वडा नं ७ अर्थात हालको कपिलवस्तु नगरपालीका वडा नं ११ रेहरामा रहेको ३० बिघा जग्गा संगठनको तर्फवाट रोक्का गरेको जनाएको छ ।
किसान महासंघ जिल्ला समिति कपिलवस्तुका अध्यक्ष गल्फासले एक विज्ञप्ती जारी गर्दै वर्षौदेखि जमिन्दारी गर्दै आएका जमिन्दारहरु रहेका गृजेश सिंह, चन्द्रभान सिंह र अनिल सिंहको करिव ३० विगाहा जग्गा सोहि ठाँउका किसानले जोतभोग गर्दै आएको र २०४७ सालमा त्यहाँका किसानहरु इस्लाम शेख, मोहम्मद अलि शेख, मुहमद मुस्तफा, मनसा जोलहा लगायतले उनीहरुवाट जग्गा किनेको तर अहिले सम्म पास नगरिदिएको भन्दै रोक्का गरेको विज्ञप्ती मार्फत जनाएको हो ।
जोताहा किसानलाई उचीत पारिश्रमिक नदिई ठगी गरेको, अनाधिकृत रुपमा जग्गाको आम्दानी उपभोग गरेको हुदा पटक पटक संगठनले जग्गा पास गर्न पहल र प्रयास गरेको र कुनै सुनुवाई नभएकोले किसानको हक हितका लागि रोक्का गरेको जनाईएको छ । संगठनको उपस्थिती र सल्लाह विना कामकारवाही नगर्न नगराउन विज्ञप्ती मार्फत भनिएको छ ।
प्रतिक्रिया