ब्रेकिंग न्युज

तौलिहवा अस्पत्ताल ५० बेडको कोभिड बिशेषमा रुपान्तरण हुने,पिपरामा आईसियू सेवा



कपिलवस्तु १२ जेठ । कपिलवस्तुका शिर्ष राजनैतिक नेतृत्व र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च प्रतिनिधी बीच कपिलवस्तुको तौलिहवा अस्पत्ताललाई कोभिड बिशेष अस्पत्तालमा रुपान्तरण गर्ने सहमति भएकोछ । तत्काल ५० बेडको कोरोना विशेष अस्पत्ताल बनाउने गरी २ दिनभित्र काम शुरु गर्न स्वास्थ्य मन्त्रालयले अस्पत्तालका मेडिकल सुपरीटेण्डेन्ट किशोर बन्जाडेलाई निर्देशन दिदै सूची पठाउन भनेकोछ । 

    स्वास्थ्य मन्त्रालयको कोभिड महामारी समन्वय महाशाखाका इन्चार्ज डा. गुणराज लोहनीले टेलिफोन मार्फत उक्त निर्देशन दिनु भएको हो । उहाले ५० बेडकालागि चाहिने सबै चीज मन्त्रालयले उपलब्ध गराउने जनाकारी दिदै काम शुरु गरि हाल्न आग्रह गरेको तौलिहवा अस्पत्तालका डा. किशोर बन्जाडेले प्रेसपाटीलाई वताउनु भयो ।

    बन्जाडेले मन्त्रालयले ५० बेडको अस्पत्ताल बनाउन के के थप गर्नुपर्छ आजै सूची पठाउने भनेको थियो मैले पठाइसकें प्रेसपाटीसंग भन्नु भयो।हाल तौलिहवा अस्पत्तालमा अस्पत्तालको  १५ वेड रहेकोछ। अस्पत्ताल विकास समितिका तर्फवाट अर्काे १५ बेड रहेकोछ। अव २० बेड थप्नुपर्छ , ८÷१० जना बिशेषज्ञ सहितका चिकित्सक चाहिन्छ ,१५ जना जति मेडिकल अफिर र त्यो भन्दा वढी स्टापनर्श चाहिन्छ । यस्तै केहि उपकरण पनि चाह्निछ ती सबै माग गरेको छु बन्जाडेले भन्नु भयो। 

    यता बाणगंगाको पिपरा स्थित सरकारी अस्पत्ताललाई आइसियू र भेण्टीलेटर सहितको अस्पत्तालका रुपमा विकसित गर्ने पनि मन्त्रालयले प्रतिबद्धता जनाएकोछ । कम्तीमा १०बेड सम्मको आइसियू बनाउन मन्त्रालयका तर्फवाट डा. लोहनीले प्रतिबद्धता जनाउनु भएको पूर्वमन्त्री एवम सांसद चक्रपाणी खनाल बलदेवले प्रेसपाटीलाई जानकारी दिनु भयो । बलदेवले कपिलवस्तुमा कम्तीमा १०० बेडको नमुना आइशोलेसन बनाउन प्रदेश ५ सरकार मार्फत आवश्यक समन्वय गर्न समेत मन्त्रालय प्रतिबद्ध भएको औल्याउनु भयो । अझ अरु के के गर्न सकिन्छ भनेर पुन भोली मन्त्रालयमा थप छलफल हुने उहाको भनाइछ । अहिले सम्म तौलिहव अस्पत्ताल र पिपरा अस्पत्तालका बिषयमा भएका कुराकानी कार्यानवयनमा लैजाने अरु बिषयमा थप छलफल गर्ने गरी अघि बढ्न उहाले भन्नु भयो । 

    उल्लेखीत दुबै कामको लगानी संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने मौखिक सहमति भएको भेटघाटमा संलगन डा. पुष्पराज खनालले बताउनु भयो । पूर्व मन्त्री दिपकुमार उपाध्यायले सबैले जिल्लामा महामारी रोक्न केहि विशेष पहल गरौ भनेर यस प्रकारको डेलिगेशन गएको वताउनु भयो । मन्त्रालयका तर्फवाट डा. लोहनीले दुबै काम अघि वढाउने प्रतिबद्धता जनाउनु भएको छ  भन्दै निरन्तर दवाव दिएर भएपनि  काम गराइने  उहाले प्रष्टयाउनु भयो ।  

यसरी मन्त्रालयले एकाएक कपिलवस्तुकालागि बिशेष ध्यान दिनुको कारण हो  कपिलवस्तुका पूर्वमन्त्री एवम सांसदहरु स्वास्थ्य मन्त्रालयमा बिशेष डेलिगेशन गएर गरेको पहल । डेलिगेशनमा पूर्वमन्त्री एवम सांसद चक्रपाणी खनाल (बलदेव) पूर्वमन्त्री दिपकुमार उपाध्याय र सांसद अत्तहर कमाल सहभागि हुनु हुन्थ्यो । उहाहरुसंगको डेलिगेशनमा कपिलवस्तुको बाणगंगाका स्थायी बासिन्दा समेत रहनु भएका नेपाल स्वास्थ्य ब्यावसाय परिषदका रजिष्टार एवम कोभिड प्याथोेलोजीका सल्लाहकार सदस्य डा.पुष्प राज खनाल पनि सहभागि हुनु हुन्थ्यो । 

        यस प्रकारको डेलिगेशन जाने सहमति आइतवार साझ भएको कोरोनाले श्रृजित समस्या र कपिलवस्तुको अवस्था विषयक जुम बैठकवाट भएको थियो। बैठकमा कपिलवस्तुवाट सामाजिक अभियन्ता पोमनारायण पौडेलको समन्वय, पत्रकार महासंघका पूर्ब अध्यक्ष भेषराज पाण्डेको जिल्लागत अवस्था विशेष प्रस्तुती र आज डेलिगेशन गएका ४ जनाको बिशेष सहभागिता ,बरिष्ट पत्रकार बसन्त खनाल सहित मन्त्रालयका तर्फवाट समेत प्रतिनिधत्व हुने गरी छलफल भएको थियो । आइतवार  राती ७ देखि ८  बजे सम्म भर्चुअल मिटिङ भएको थियो । मिटिङवाट आएको निष्कर्ष लिएर उहाहरु मन्त्रालयमा डेलिगेशन जानु भएको हो ।  

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६