लुम्बिनी

यस्तो छ गुल्मीको कोरोना प्रतिकार्य योजना



गुल्मी, १२ जेठ ।  गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।

        बैठकले जिल्लाका सात स्थानीय तहमा आइसोलेशन वार्ड बनाउने निर्णय गरेको छ । सोअन्तरगत धुर्कोटको बर्बोट, मुसिकोटको वामी, चन्द्रकोटका शान्तिपुर, सत्यवती, रुरुक्षेत्र, छत्रकोट र रेसुङ्गामा वार्ड बनाउने निर्णय गरिएको जिससका सभापति लक्ष्मण पराजुलीले जानकारी दिनुभयो । 

        भारतबाट सीमामा अलपत्र नागरिकलाई सम्बन्धित ठाउँसम्म ल्याउनका लागि तत्काल गाडी पठाउने, त्यसरी आएकाहरुलाई न्यूनतम १४ दिनसम्म सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टिनमा राख्ने, क्वारेन्टिनमा खानाको व्यवस्था स्थानीय तहले गर्ने तथा बस्नका लागि सम्बन्धित परिवारबाट ओढ्ने, ओछ्याइने कपडा ल्याउन आग्रह गर्ने निर्णय पनि गरिएको छ । (रासस) 

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६