एजेन्सी, १३ जेठ । कोरोन भाइरसको महामारी भारतमा बढ्दै गएको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ । एकै दिन थप ६ हजार ४१४ जनामा संक्रमण देखिएको छ । यो सँगै त्यहाँ संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।
मंगलबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार १७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४८ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ । भारमा ६० हजर ७ सय ६ जना कोरोना भाइरस मुक्त भएका छन् ।
प्रतिक्रिया