लुम्बिनी

अपाङ्गता भएका नागरिकलाई नेपाल स्वयमसेवक संघ कपिलवस्तुद्धारा राहत वितरण



कपिलवस्तु, १३ जेठ ।  कपिलवस्तुको बणगंगा नगरपालिकाका सबै वडामा नेपाल स्वयमसेवक संघ कपिलवस्तुले खाद्यान्न वितरण गरेको छ । कोरोनाका कारण लागेको देशव्यापी लकडाउनमा नगरपालिका का ११ वडाका फरक क्षमता भएका (अपाङ्गता) भएका नागरिकहरुलाई सोमबार राहत वितरण गरिएको हो ।

        कार्यक्रममा केन्द्रिय अध्यक्ष ज्योतिष खेमराज पौडेल, अपाङ्ग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुङ्गाना, कार्यालय सचिव तथा राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारी, संस्थाका पदाधिकारीहरु केन्द्रिय कार्यसमिति सदस्य विकास शर्मा, किरण खड्का, जन्जित पुरुष, संस्थाका प्रदेश सचिव एवं सञ्चारकर्मि सागर पौडेल, विशेष सहयोगी अनिस बञ्जाडे, पशुपति गिरी लगायको सहभागिता रहेको थियो ।

        संस्थाका केन्द्रिय कार्यसमितका सदस्य रबिन्द्र पौडेलको कार्यक्रम संयोजकनमा राहत वितरण गरिएको हो । संस्थाले दाल, चामल,नुन तेल लगायतका खाद्यन्न संस्थाले सहयोग स्वरुप प्रदान गरेको हो । अगामी दिनमा संस्थाले विभिन्न कार्ययोजना बनाएर अघि बढ्ने जनाएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६