एजेन्सी, १३ जेठ । विश्वव्यापी महामारीको फैलिएको कोरोना भाइरस कहरबाट विश्वभर ५५ लाख ८७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । मंगलबार विहानसम्म संक्रमितको संख्या ५५ लाख ८७ हजार ५२६ पुगेको छ । कोरोना भाइरसले विश्वभर ३ लाख ४७ हजार ८७२ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ६६३ जना निको भएका छन् । २८ लाख ७३ हजार ९९१ जनाको उपचार भइरहेको छ । अस्पतालमा उपचारारतमध्ये ५३ हजार १६७ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ५ सय बढीको मृत्यु भइसकेको छ । मंगलबार विहानसम्म एसियाली मुलुकहरुमा २७ हजार ८०१ जनाको मृत्यु भएको छ । ९ लाख ८२ हजार ४०९ जना संक्रमित भएकोमा ५ लाख ७३ हजार ४४९ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरस महामारीको सबैभन्दा बढी प्रभाव परेको अमेरिकामा ९९ हजार ८०५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ६ हजार २२६ जनामध्ये ४ लाख ६४ हजार ६७० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । अमेरिकामा कोरोना भाइरसका कारण करिब ४ करोड मानिसहरु बेरोजगार भएका छन् ।
प्रतिक्रिया