लुम्बिनी

भैरहवा मेडिकल कलेजलाई कारवाहीको पत्र



भैरहवा, १३ जेठ । कोरोना संक्रमितको उपचारका लागि डाक्टर र नर्स उपलव्ध नगराएपछि भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल) लाई प्रदेश सरकारले कारवाही गर्ने चेतावनीसहित पत्र पठाएको छ ।

  भैरहवाको भीम अस्पताललाई प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र बनाएको छ । यो अस्पतालका लागि मेडिकल कलेजलाई डाक्टर र नर्स उपलव्ध गराउन प्रदेश सरकारले यसअघि आग्रह गरेको थियो । 

        जस अनुसार मेडिकल कलेजले दुईजना कन्सल्ट्यान्ट डाक्टर र १० जना नर्स उपलव्ध गराउने प्रतिवद्धता जनाएको थियो । तर अस्पताल रप्रदेश स्वास्थ्य निर्देशनालयले पटकपटक डाक्टर र नर्स उपलव्ध गराइदिन आग्रह गर्दा पनि मेडिकल कलेज प्रशासनले नमानेपछि पत्र काटेरै कारवाहीबारे जानकारी गराइएको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनुभयो ।

        मेडिकल कलेजलाई कोरोना विशेष अस्थायी अस्पताल बनाउने यसअघि सहमति समेत भएको थियो । तर सहमति अनुसार मेडिकल कलेजले कोरोना संक्रमित बिरामी भर्ना गर्न नमानेको मन्त्री बरालले बताउनुभयो । “अव भीम अस्पताललाई डाक्टर र नर्स उपलव्ध नगराएमा कारवाहीको प्रक्रिया अघि बढ्छ”–उहाँले भन्नुभयो ।

         मेडिकल कलेजलाई पठाइएको पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मुख्यमन्त्री कार्यालय, उपकुलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य निर्देशनालय प्रदेश ५ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पठाइएको छ । मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले नियमित जनशक्ति प्रदेश सरकारले नै खटाउनुपर्ने र जनशक्ति अभाव भएमात्र निजी क्षेत्रसँग माग गर्नुपर्ने आफूहरुको धारणा रहेको भन्दै जनशक्ति आवश्यकता अनुसार पठाइने बताउनुभयो ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६