अर्थ-वाणिज्य

खरीदका सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्माण व्यवसायीको माग



भैरहवा, १३ जेठ । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले सार्वजनिक खरीदका सम्पूर्ण प्रक्रिया स्थगित गरी निर्माणाधीन कार्यको म्याद थप गर्न माग गरेको छ । संघले विषम परिस्थितिमा पनि मानवीय स्वास्थ्यलाई समेत ख्याल नगरी बोलपत्रका खरीद प्रक्रिया यथावत राखिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  निर्माणसँग सम्बन्धित सम्पूर्ण वस्तुको सहज आपूर्ति गर्न कठिनाई भएको अवस्थामा बोलपत्र खरीद प्रक्रिया अगाडि बढाउनु उपयुक्त समय नभएको लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष विनय ज्ञवालीले बताउनुभयो । 

          विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले गरेको बन्दाबन्दीको पूर्णरुपमा समाप्ती भएको घोषणा पश्चातको सात दिनभित्र आह्वान भइसकेको बोलपत्र समेत खरीद गरी सार्वजनिक बोलपत्र खरीद प्रक्रियाको अनिवार्य रुपमा म्याद थप गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँले माग गर्नुभएको छ । 

      “लकडाउन हुनुपूर्व सम्झौता भएका परियोजनाहरुको निर्माण सम्पन्न गर्ने मिति र बन्दाबन्दीकै कारण निर्धारित समयमै कार्य अति नै प्रभावित हुने भएकोले सरकारले बन्दाबन्दी पूर्णरुपमा फुकुवा भएको घोषणा गरिसके पश्चातको छ महिना म्याद थप गरी सहयोग गर्न तीनै तहका सरकार तथा सरोकारवाला निकायलाई अनुरोध गर्दछौं”–उहाँले भन्नुभयो । 

          रुपन्देही जिल्लामा निर्माण सामग्रीको अभाव भएकोले काम गर्न निकै समस्या उत्पन्न भएको लुम्बिनी निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष दामोदर शर्मा घिमिरेले बताउनुभयो । “प्रहरी–प्रशासनको एउटा भनाइ छ, स्थानीय तहको भनाइ अर्को छ, काम गर्ने वातावरण नभएकोले हामी निर्माण व्यवसायी मर्कामा परेका छौं”–उहाँले भन्नुभयो । अहिलेको अवस्थामा निर्माण सामग्री र मजदूरको अभाव भएकोले काम गर्ने वातावरण नभएको संघका महासचिव प्रयास खड्काले बताउनुभयो । 

          “बन्दाबन्दीका कारण एक ठाउँबाट अर्को ठाउँ जान सक्ने स्थिति छैन, काम गर्न मजदूर चाहिन्छ, अहिलेको महामारीमा मजदूर काम गर्न आउने स्थिति छैन, त्यसैले महामारीको बेला काम गर्ने वातावरण नै छैन”–खड्काले भन्नुभयो । रुपन्देहीमा तीन सय जना बढी निर्माण व्यवसायी रहेको लुम्बिनी निर्माण व्यवसायी संघका कोषाध्यक्ष प्रितम रौनियारले बताउनुभयो ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६