विचार/ब्लग

के होला भारतको प्रतिक्रिया ?



काठमाडौँ यो माथि को प्रस्न अहिले कुन नेपालि को मनमा नहोला ? कोरोनाको महामारीमा पुरै देश कसरि आफ्नो जनता आफु बाच्ने भन्ने चिन्तित माहोल मा छ।  यस गारो परिस्थितिमा भारतले चीनमा स्थित पबित्र धार्मिक स्थल मानसरोबर सम्म जाने बाटो नेपालको लिपुलेककालापानी हुदै बनाएको नेपाल सरकारलाई अत्तो पत्तो नरहेको भनाइ छ।  इतिहास
हेर्ने हो भने पूर्वमा टिस्टा पश्चिममा काकडा सम्म पुगेका बिर गोर्खालीको बिर्तालाई अहिले हामि समस्त नेपालिले याद गरिरहेका छौ , भारतले नेपाल उसको सानो भाइ भनेर देखाओटि माया गरेपनि वास्तविक कुरा समस्त नागरिकलाइ थाहा छदै छ।  भारतले मुखमा राम राम बगलीमा छुरी जस्तो ब्याबहार गरेको उसको तर्क बाट  थाहा हुन्छ।  हाम्रो मातृभूमि नेपालबाट मानसरोबर जाने बाटो सूचना नदिकनै बनाएको आरोप;आइ भारत बिरोध गर्दछ। दुवै पक्षको कुरा पुर्ण रुपमा बुझ्न अझै बाकि रहेको सुत्रहरुको जनाई तर नेपालका पररास्ट्रमन्त्रि प्रदिप ज्ञवालीका अनुसार , भारतलाइ सीमाको बिबादलाई लिएर पटक पटक बार्तालाप गर्न कुटनीतिक पहल अनुरुप  चिठ्ठी पठाएको  तर भारतले वास्ता नगरेकाले अब नेपालले आफ्नो तर्फा बाट कडा प्रतिक्रिया जनाएको देखिन्छ  

         जेष्ठ गते नेपालले आफ्नो बिरता देखायो भननै पर्छ, किन भने  केहि दसक देखि  भारतको  राजनीतिक दबाबमा रहेको  नेपालले अहिले भने सम्मान जनक कदम चालेर नया नक्सा जारि गर्यो जसलाई प्रमुख प्रतिपक्षी सम्पूर्ण जनताले साथ् दिएका छन् तर भारत भने यस सन्दर्भमा  नेपाल अरु कसैको उक्साहटमा आइ एस्तो कदम चालेको भने चीनलाइ दोस दिरहेको छ।  यसै सन्दर्भमा भारतीय मिडियाले आफ्नो सिमा नाघेर नेपाललाइ असान्धर्भिक भाषा  प्रयोग गर्दै आइरहेका छन्।  मिडियाहरु ले सम्मानीय  प्रधानमन्त्रि केपी शर्मा ओली देखिन नेपालि मुलुककि भारतीय अभिनेत्री मनिषा कोइरालालाइ समेत आफ्नो आखा को तारो बनाइ उहाहरु कै ओरिपरि बसेर समाचार सम्प्रेसण गरिरहेका छन्। भारतको सेनामा गोर्खा रिटाइर्मेन्तमा ४५००० भन्दा बढी नेपालीले भारतको सिमा सुरक्षा गर्दै आइरहेका छन्। 

              नेपालले हेला दबाब शहेर बस्दैमा नेपाली हरु केहि भन्दैनन , उनिहरु संग  मजबुत सैनिक सक्ति छैन भनेर बारम्बार भारतले हेप्ने नेपालको नक्सा, सिमा प्राकृतिक चीन संगको मित्रतालाई  लिएर बारम्बार टिका टिपाणि गर्ने गरेको छ।  २०७२ सालमा देश आफै एक प्रकृति प्रकोपको समान पछि टेवा खोजिरहेको बेला भारतले अघोसित नाकाबन्दि गरेको सबैलाई थाहानै होला जुन हामि  नेपालीले कदाबी बिर्सन सक्दैनौ। बिर
पृथ्वी नारायण शाहले एकिकरण गरेको समस्त नेपाल आज  बिकासका निमित्त प्रदेशमा  विभाजित भएर फेरी पुर्ण रुपमा एकिकरण हुन पछि हट्ने अवस्य छैन यो नेपाली सिर उचाली संसारमा लम्किन्छ , अध्यारोमा टुकी बालि जुनकिरीझैँ चम्कन्छ ‘  
हामि बिर गोर्खालीका छोरा छोरी हौ।  आइपर्ने माथि जाइ लाग्न पनि पछि हट्दैनौ।  अब कुरा कहा आएर टुंगिन्छ भन्ने प्रस्न हो।  नेपालले बिरताका साथ् नक्सा जारि गर्यो कसैले आफ्नो मातृभूमिलाई खराब नियतले हेर्छ भने उसंग के कसरि प्रतिरोध गर्न सकिन्छ भन्ने कुरा राम्ररि बुझेका छौ हामीले भनेर राम्रो जवाफ फर्काएको नेपाल सरकारले।  

भारतले अहिले सम्म औपचारिक रुपमा नेपालको नक्साको बिरोध गरेको छैन त् बार्तामा बस्न इच्छुक देखिन्छ।  एस्तो परिस्थितिमा समस्त नेपालीहरुको मनमा एउटै डरले डेरा जमाएको त्यो होकतै भारतले फेरी नाकाबन्दी त् गर्दैन?’ भन्ने हुन पनि एस्तो सोचाइ आउनु उचित हो किन भने २०७२ मा भारतको निर्देसन बिपरित गएर नेपालले आफ्नो संबिधान ल्याएको थियो जसलाई भारतले स्वीकारेको थिएन।नेपाल हाम्रो  जन्मभूमि , कर्मभूमि मातृभूमि हो तेसैले सबै नेपालीहरुको मन मुटु नसा नसामा नेपाल रास्ट्रको माया सझैएको हुन पर्छ।  हाम्रा बिर पुर्खाहरुले प्राणको बाजी लगाएर तथा ठुलो  त्याग , तपस्या  बलिदान गरेर नेपालको अस्तित्व बचाइरहेको कुरा सबैलाई अबगतनै होला। अब पुर्खाको नेपाल प्रतिको अस्तित्व बचाउने  अभियान अब हामि सबै नेपाली नागरिकको हो।  हामि पुर्खाको महान कार्यलाई भुल्न अवस्य सक्दैनौ छिमेकीले आफ्नो सिमा मिचेको पनि सहन सक्दैनौ। 

 

 

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६