एजेन्सी, १४ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । बुधबार विहानसम्म २४ घण्टामा ९४ हजार २३५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २८२ पुगेको छ । बुधबार विहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६४२ पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २६ हजार ४४९ जना निको भएका छन् । २९ लाख २२६ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
वुधबार बिहानसम्म युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६ सय बढीको ज्यान गइसकेको छ । यस्तै एसियाली मुलुकहरुमा २८ हजार २ सय बढीको । १० लाख २ हजार ९१८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५४९ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख २५ हजार ४११ जनामध्ये ४ लाख ७८ हजार २३७ जना संक्रमणमुक्त भएका छन् । विश्मै सबैभन्दा बढी कोरोना भाइरसको कारण अमेरिका चपेटामा पर्दै गएको छ ।
प्रतिक्रिया