अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसबाट संक्रमित हुने १ लाख ५० हजार नाघ्यो



एजेन्सी, १४ जेठ । कोरोन भाइरसको महामारी भारतमा बढ्दै गएको छ ।  भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ । एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएको छ । यो सँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

            बुधबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १७७ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ । भारमा ६४ हजर २ सय ७७ जना कोरोना भाइरस मुक्त भएका छन् । भारतले लकडाउनमा खुकुलो बनाएर रेल र बस सेवा संचालनमा ल्याएसँगै नेपालमा पनि संक्रमण दर बढ्दै गएको छ । 

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६