कपिलवस्तु
कपिलवस्तुको
महाराजगंज नगरपालिकामा एक शिक्षकलाई वालिका वलत्कारको प्रयास गरेको आरोप
लागेको छ । महाराजगंज नगरपालिका १ औरहवामा रहेको नेपाल राष्ट्रिय आधारभुत
विद्यालयका शिक्षक गोरखनाथ लोहारले १५ वषिर्य वालिकालाई वलत्कृतको प्रयास
गरेका थिए । उनी महाराजगंज नगरपालिका २ उनवलियाका स्थानिय वासिन्दा हुन ।
शिक्षक
लोहारले मंगलवार राती साढे सात वजे तिर घरवाट फकाएर लगेका थिए । पानी खाने
वाहनामा आएका लोहारले वाहिर वसेकी ती वालिकालाई फकाएर लगेको खुल्न आएको
ईलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले वताए ।
घरकाले थाहा पाए पछी लोहार भागेको वताईएको छ । ति वालिकाको शिवराज अस्पताल
वहादुरगन्ज स्वास्थ्य जाच गरीएको छ । फरार भएका शिक्षकलाई खोजी गरी मुद्धा
चलाउने तयारी समेत भएको प्रहरीले जनाएको छ ।
१४ जेष्ठ २०७७, बुधबार
प्रतिक्रिया