एजेन्सी, १५ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५८ हजार पार गरेको छ । त्यहाँ एकै दिन थप ७ हजार २९३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।
विहिबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ५३४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १९० जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ । भारतमा कोरोनाभाइरसको संक्रमणाबाट ६७ हजार ७४९ जना निको भएका छन् । भारतले लकडाउनमा खुकुलो पारेसँगै त्यहाँ संक्रमण दर उच्च देखिएको छ ।
प्रतिक्रिया