ब्रेकिंग न्युज

नारायणगढ–मुग्लिन सडक अवरुद्ध



नारायणगढ १५ जेष्ठ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना८ख १५५२ नंको टेलर एकापसमा ठोक्किँदा एक चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो ।घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६