कपिलवस्तु
भारतको गुजरात बाट नेपाल आउदै गर्दा कृष्णनगर सिमामा ज्यान गएका एक जनामा कोरोना भएको पुष्टी भएको छ । अर्घाखाचीं जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले मृतकलाई कोरोना भएको वताउनु भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वंडा न ९ का ३५ वर्षीय गैरेको बाटोमा ज्यान गएको थियो । बसमा सवार गैरेले अत्याधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए ।
भारतवाट दुई वटा बस रिर्जभ गरेर आइतवार मृतक सहित ९१ जना नेपाल प्रवेश गरेका थिए। मृतक गैरे सहित उनी सँग सम्पर्कमा रहेका २ जना स्वाब परिक्षणको लागि भैरहवा पठाइएको उहाँले बताउनुभयो । दुई जनाको रिपोर्ट अहिले सम्म नआएको वताईएको छ ।
१५ जेष्ठ २०७७, बिहिबार
प्रतिक्रिया