लुम्बिनी

दशगजा नजिकै सडक निर्माण हजारौं विघा नेपाली भूमि डुबानमा पर्ने



भैरहवा, १५ जेठ । भारतले सिमावर्ती क्षेत्रमा हजारौं बिगाहा नेपाली भुभाग डुवानमा पर्ने गरी सडक निर्माणलाई अघि बढाएको छ । भारतले नेपालको सीमा नजिक दशगजाबाट पूर्व–पश्चिम सडक बनाइरहेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ५ र ६ सँग जोडिएको दशगजा क्षेत्रमा भारतले छ फिट उचाईको चारलेन सडक निर्माण गरिरहेको हो ।

          गत मंसिरबाट सुरु भएको यो सडक निर्माण कार्य बन्दाबन्दीका कारण केही समय रोकिएको थियो । पछिल्लो एक सातादेखि पुनः सडक निर्माण कार्य अघि बढेको रोहिणी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष घनश्याम सिंह क्षेत्रीले बताउनुभयो । दशगजा क्षेत्रसँग जोडेर निर्माण गरिएको सडकका कारण वर्षातको समयमा नेपाली भूमि डुवानमा पर्न सक्ने उहाँले बताउनुभयो ।

          भारतीय प्रधानमन्त्री सडक परियोजना अन्तर्गत निर्माण भइरहेको सडक दशगजाबाट कुनै ठाउँमा २० मिटर तथा कुनै ठाउँमा ५० मिटरको दूरीमा रहेको छ । कल्भर्ट र पुल नराखी निर्माण गरिएको सडकलाई भारतले बाँधको रुपमा समेत प्रयोग गर्न थालेको स्थानीयको भनाइ छ ।नेपाल–भारत सीमा क्षेत्र दशगजाबाट करिव आठसय मिटरको दूरीमा भारतले तीनवटा सडक पहिल्यैदेखि सञ्चालनमा ल्याएको छ । 

          नेपाल सरकारसँग समन्वय नै नगरी गरिएको सडक निर्माण कार्यका  बारेमा गृह तथा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । यस क्षेत्रका प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले सडक निर्माण कार्यका बारेमा आफूले स्थलगत अवलोकन गरी जानकारी लिएको र समस्या समाधानका लागि पहल सुरु गरिसकेको बताउनुभयो ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६