एजेन्सी, जेठ १६ । विश्वमा कोरोना संक्रमणको दरले भारत ९ औं स्थानमा पुगेको छ । योसँगै एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतले संक्रमणमा एसियाली मुलुक टर्कीलाई पनि उछिनेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा एकै दिन ७ हजार ३०० जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ ।यस्तै भारतमा कोरोना भाइरसकै कारण एकै दिन १७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४ हजार ७११ पुगेको छ । त्यस्तै भारतमा ७० हजार ९ सय २० जना कोरोना भाइरस मुक्त भएका छन् ।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ । विश्वमा नवौं स्थानमा रहेको टर्की अहिले संक्रमणको दरले १० स्थानमा परेका छ । टर्कीमा टर्कीमा संक्रमितको संख्या अहिलेसम्म १ लाख ६० हजार ९७९ छ । टर्कीमा ४ हजार ४६१ जना को कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया