एजेन्सी, १६ जेठ । विश्व भर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको कहरका कारण विश्वभर ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५९ लाख ४ हजार ६५८ पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेछ । भाइरसकै कारण थप ५ हजार ६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १० पुगेको छ ।
कोरोना भाइरसबाट संक्रमितमध्ये २५ लाख ७९ हजार ५३४ जना संक्रमण मुक्त भएका छन् । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा कोरोना भाइरस पुगिसकेको छ । २९ लाख ६२ हजार ८६५ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहको छ । भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७१ हजार ५६८ जनाको मृत्यु भएको छ । १९ लाख ६९ हजार ८९९ जना संक्रमित भएकोमा ९ लाख ४८ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा २९ हजार १२० जनाको मृत्यु भएको छ । १० लाख ५१ हजार २६६ जना संक्रमित भएकोमा ६ लाख २१ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारी सबैभन्दा बढी अमेरिकामा फैलिएको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ३ हजार ३३० जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ६८ हजार ४६१ जनामध्ये ४ लाख ९८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसका कारण विश्वको स्वास्थ्य अवस्था र अर्थतन्त्र डगमगाएको छ ।
प्रतिक्रिया