ब्रेकिंग न्युज

ट्रकबाट मदिरा नियन्त्रण



अत्तरिया, १६ जेठ । प्रहरीले मदिरा बोकेको ट्रकलाई कैलालीको फल्टुडेबाट नियन्त्रणमा लिएको छ । धनगढीबाट  जोगबुढा जाँदै गरेको से१ख १३७० नंको सो ट्रक इलाका प्रहरी कार्यालय फल्टुडेले आज बिहान नियन्त्रणमा लिएको हो ।सो कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार ट्रकमा लोड गरिएको मदिराको मूल्य रु एक लाख ८ हजार बराबरको  छ । सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा पनि लुकाइछिपाइ लगिरहेका अवस्थामा मदिरा बरामद गरिएको उहाँले जानकारी दिनुभयो । व्यवसायी तेजबहादुर बोहरा र चालक खगेन्द्र साउदलाई पक्राउ गरिएको निरीक्षक विश्वकर्माले बताउनुभयो । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको जनाइएको छ । प्रहरीले केही दिनअघि धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट ट्रकसहित मदिरा बरामद गरेको थियो ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६