कपिलवस्तु १६ जेठ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगीत खोप सेवा कपिलवस्तुको वाणगंगा नगरपालीकामा दुईमहिना महिनापछि शुरु हुने भएको छ ।
भोली शनिवार १७ गते देखि २१ गते सम्म नगरका सवै ११ वटै वडामा एक साथ खोपसेवा शुरु हुने भएको हो । बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले सङ्क्रमणको सम्भावित जोखिम रोक्न वाणगंगा नगरले खोप स्थगन गरिएको थियो ।नगरपालीकामा प्रत्येक महिनाको १७ गते देखि २१ गते सम्म खोप कार्यक्रम सञ्चालन गर्ने समय तालिका रहेको छ । नगरका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार सोहि तालिका अनुसार सामाजिक दुरी कायम गरि सवै वडा गरि ३४ स्थानवाट नियमित खोप सेवा शुरु हुने वताउनु भयो ।
सेवा लिनका लाथि पायक पर्ने स्थानमा जान र गाँउघरमा रहनुभएका महिला स्वास्थ्य स्वंमसेवीका, जनप्रतिनिधिलाई सम्पर्क राख्न उहाँले आग्रह गर्नु भएको छ । खोप लगाउनका लागि आफ्ना नानी वावुलाई लिएर जानुहुन समेत नगर स्वास्थ्य शाखाले अभिभावकमा सूचना प्रशारण गरि अनुरोध समेत गरेको छ । बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ रोगविरुद्ध खोप दिइन्छ । नगरले खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने मार्गदर्शन जारी भएको छ ।
प्रतिक्रिया