ब्रेकिंग न्युज

नेकपा सचिवालयको आकस्मिक बैठक सुरु



 काठमाडौं १७ जेठ। नेकपा सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।सचिवालय बैठकअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए ।

     त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।सरकारले आर्थिक वर्ष २०७७\ ०७८ का लागि बिहीबार संसदमा सार्वजनिक गरेको बजेटमा बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने उल्लेख छ । त्यसका लागि अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।बजेटमा एमसीसी नभनिए पनि यति धेरै रकम विनियोजन गरिएकाले एमसीसीको अनुदान रकम स्वीकार गरेर योजना अघि बढाउने दाउमा सरकार रहेको भनेर नेकपाका कतिपय नेताहरुले विरोध गर्दै आएका छन् ।

प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६