ब्रेकिंग न्युज

नेपाल कै हट स्पट यशोधरा :एउटै पालिकामा १०० संक्रमित



कपिलवस्तु १७ जेठ । कपिलवस्तुको यशोधरा गाउपालिका कोरोना संक्रमणका हिसावले नेपालकै सबैभन्दा हटस्पतमा परेकोछ।एउटै पालिकामा  १०० जना संक्रमित फेला परेपछि कपिलवस्तुको यशोधरा कारोना संक्रमणका हिसावले नेपालकै सबै भन्दा उच्च जोखिमको पालिका बनेको हो । सो पालिकामा २ वर्षकी  एक वालिका र एक महिला संक्रमित भएकाछन् ।संक्रमित महिलाका ७ महिनाका वालक समेत संक्रमित रहेकाछन् ।  ती वाहेक संक्रमित  सबै पुरुषहरु रहेका छन्। 

        यता क्वारेण्टाइनमा स्वाव संकलन गरेर परीक्षणकालागि पठाइएका मध्ये ४६२ को नतिजा अहिले सम्म आएको छैन। यसैगरी क्वारेण्टाइनमा बसेका तर स्वाव संकलन नभएका ७ सय बढी रहेको  स्वास्थ्य शाखा प्रमुखज्योती दुबेले जानकारी दिनु भयो । यशोधरा त्यही पलिका हो जहाँ अहिले सम्म मापदण्ड अनुसारको १ वेड पनि आइशोलेशन छैन ।गाउपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेले भन्नु भयो  एकातिर बनाउने ठाउ भएन अर्काेतिर पालिकाले खर्च गर्ने श्रोत भएन त्यसैले समयमै आइशोलेशन वनाइएन । तर एकाएक संक्रमित बढेपछि स्थानीय बैदौली माविलाई नै आइशोलेशन सेन्टरका रुपमा राख्ने गरी बेडको ब्यवस्था गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख दुबेले प्रेसपाटीलाई जानकारी दिनु भयो  । पहिले क्वारेण्टाइन रहेको विद्यालय नै अहिले आइशोलेशन बनाइदैछ उहाले भन्नु भयो । 

        अहिले सम्म कपिलवस्तुका अन्यपालिका तर्फ बाणगंगा नगरपालिकामा १२ जना, बुद्धभूमी नगरपालिकामा ८ जना कृष्णनगर नगरपालिकामा ३५ जना संक्रमित पुुगेका छन् । यस्तै कपिलवस्तु नगरपालिकामा २८ जना, महाराजगंज नगरपालिकामा ४३ जना ,शिवराज नगरपालिकामा ६ जना , बिजयनगर गाउपालिकामा १६ जना, मायादेवि गाउपालिकामा १५ जना र शुद्धोधन गाउपालिकामा २ जना रहेका छन। यो संगै कपिलवस्तुमा २६५ जना संक्रमित हुन पुगेका हुन् ।  

प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६