एजेन्सी, १८ जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरको संक्रमणले भारतमा ५ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमाँ पछिल्लो २४ घण्टामा २१० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८५ पुगेको हो ।
भारतमा एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । भारतमा कोरोना संक्रमितमध्ये ८६ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया